१८ चैत्र २०८० ११:०३
१८ चैत्र २०८० ११:०३
जाजरकोट । हावाहुरीले अस्थायी आवास उडाइदिएपछि जाजरकोट भूकम्प पीडितहरु बिचल्लीमा परेका छन । शनिबार आएको ठुलो हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितहरु थप समस्थामा गरेका हुन । बारेकोट गाउँपालिका वडा नं. ०६ ताँसीका हरिश्चन्द्र विक गत कार्तिक १७ गतेको भूकम्पले घर चिराचिरा पारेपछि अस्थायी आवासमा बस्दै आएका थिए । विकको घरमा १७ जनाको परिवार छ । ठूलो संख्यामा रहेको परिवारलाई जसोतसो अस्थायी आवासमा सारेका थिए । तर शनिवार दिउँसोतिर चलेको हावाहुरीले उनको अस्थायी आवास उडाईदियो । ‘घर भूकम्पले चर्किएको थियो, बस्न लायक छैन्, उनले भने, ‘अहिले कहाँ बस्ने विचल्ली भएको छ, हावाहु्रीले अस्थायी आवासको छाना उडाईदियो, ठूलो संख्यामा रहेको परिवारलाई…
