Karnali Aawaj

Advertisement
Advertisement

तीन दिनदेखि बेपत्ता बुढा मृत अवस्थामा फेला

तीन दिनदेखि बेपत्ता बुढा मृत अवस्थामा फेला

तीन दिनदेखि बेपत्ता बुढा मृत अवस्थामा फेला

जाजरकोट । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका - ३ का कमल बुढाको शव फेला परेको छ । गत चैत २९ गते दिउँसो १ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ टाँटागाउँ स्थित भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका बुढाको शव आइतवार फेला परेको हो । बुढाको शव बेपत्ता भएको ठाउँबाट ५० मिटर तल भेरी नगरपालिका - १२ बारेला भन्ने स्थानको भेरी नदीको बिच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए । उनी चौरजहारी नगरपालिका - ३ मा निर्माणधिन अस्पतालको काम गर्दै आएका थिए ।
Read More
गजल – पुष्कर पराग चन्द

गजल – पुष्कर पराग चन्द

मेरो बस्तिमा सधै हुरी आउँछ, टहरा लिएर राजधानी सम्म जान्छ, तिमिलाइ यो भन्दा अरु के सुनाउ बेला(बेलामा पीडा थपेर भूकम्प जान्छ । नयाँ बर्ष फेरिनु अब तिमि फेरिनु मेरो लागि कुनै नौलो कुरा होइन, मैले खुसी मनाउनु पर्ने कुरा त जीन्दगी भर दुख हेर्दा हेर्दै उमङ्ग जान्छ । हरेक दिन, हरेक रात पासपोर्ट समाएर, झण्डा ओढेर बेरोजगार सन्तान, यहि आकाशको बाटो हुँदै गुलामी गर्न अर्काको देश सङ्ग जान्छ । जस्ले सरकारको विषयमा आलोचना गर्दै, आवाज उठाउँछ सडकमा, बरु बन्दुक चलाएर गोली फाल्दिनुहोस तपाईको लागि दुर्गन्ध जान्छ । - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, जाजरकोट
Read More
गजल

गजल

छ न त उसँग मेरो बच्चै देखिको चिनजान छ, अथाह प्यार छ, अक्सर न कुनै नाता लाग्छ, न त मेरै हो भन्ने पनि अधिकार छ । अरे यार, यो दुनियाँमा बारम्बार सराब पिएर पागल हुनु भन्दा, बरु कस्तो हुदो रहेछ जहरको स्वाद, एकपटक चाख्ने बिचार छ । किन मरिहत्ते गर्छ्यौ मबाट छुटिनलाई, भोली पछुताउनु पर्ला, बिडम्बना तिम्रो अगाडी हेर्दा भिर छ, पछि फर्किदा जङ्घार छ । माथी सम्म पहुँचमा मेरा आफन्त छन, भनेर के गर्नु यो शहरमा, डिग्री पास गरेको एउटा सन्तान अझै पनि गाउँमा बेरोजगार छ ।। - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, छिप्रेना जाजरकोट
Read More
छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

जाजरकोट । जाजरकोटमा ६ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन । चैत्र २५ गतेदेखि एकासी बेपत्ता भएका भेरी नगरपालिका ४ बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जाने बाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य २५ गते बेलुका घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेर कसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब २ सय मिटर तल भिरमा मृत अवस्थामा भेटिएका हुन । प्रहरीले उनको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेको छ ।  कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २/३ दिन पर्खेको र त्यसपछि…
Read More
जाजरकोट केन्द्रविन्दु बनाएर गयाे भूकम्प

जाजरकोट केन्द्रविन्दु बनाएर गयाे भूकम्प

जाजरकाेट । जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो ३.१६ बजे जाजरकोटको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भुकम्पको धक्का त्यस आसपासका क्षेत्रमा पनि महसुस गरिएको जनाएको छ । यसअघि आज बिहान ३:५३ बजे पनि बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Read More
यस्तो बन्यो एमाले जाजरकोटको नयाँ कमिटी (नामावली सहित)

यस्तो बन्यो एमाले जाजरकोटको नयाँ कमिटी (नामावली सहित)

जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनले नयाँ कमिटी निर्वाचित गरेको छ । जिल्ला सदरमुकाम खलंगामा २५ देखि २७ चैतमा सम्पन्न जिल्ला अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कमिटी निर्वाचित गरेको हो । जिल्ला कमिटीमा पदाधिकारी सहित अधिकांश सदस्यहरु निर्वाचन मार्फत चयन भएका छन । नवनिर्वाचित कमिटीमा अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु युवा पुस्ताका निर्वाचित भएका छन । यस्तो छ नवनिर्वाचित जिल्ला कमिटी  : अध्यक्ष - नरेन्द्र कुमार शाही उपाध्यक्ष - विश्वविक्रमशाह सचिव - गोपालबहादुर नेपाली उपसचिव - तप्तबहादुर हमाल पहिला उपसचिव - सुनिता बोहरा सदस्यहरु रामचन्द्र घर्ती इन्द्र बहादुर थापा कर्ण बहादुर खत्री गणेश बहादुर थापा लोकेन्द्र सिहँ…
Read More
अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग

अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग

जाजरकोट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रेलियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग गरेका हुन् । पत्रकार सुरेन्द्र सुमनको समन्वयमा भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन गर्ने वातावरण प्रभावकारी होस् हेतुले दुर्गम गाउँमा सहयोग गरेको एनआरएन अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेलले बताए । गएको कार्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडामा केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानीय तहमा व्यापक धनजनको क्षति…
Read More
एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचित शाहीले १९४ प्राप्त गर्दा पराजित भएका शाहीले १८६ मत पाएका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन । शाहले १८२ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १७५ मत प्राप्त गरेका गरे । त्यसैगरी सचिवमा १८८ मत प्राप्त गरी गोपाल बहादुर नेपाली निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन । बस्नेतले १७१ मत प्राप्त गरेका छन…
Read More
एमाले जाजरकोटको अधिवेशन : केहिबेरमा मतदान सुरु हुँदै

एमाले जाजरकोटको अधिवेशन : केहिबेरमा मतदान सुरु हुँदै

जाजरकोट । नेकपा एमाले जाजरकोटको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ । जिल्ला सदरमुकाम खलंगामा आइतबारदेखि सुरु भएको ७ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिएको सहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही र युवा नेता नरेन्द्र कुमार शाहीले छुट्टाछुट्टै प्यानल खडा गरेर निर्वाचन लड्ने भएका छन । खिमबहादुर शाही नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विश्वविक्रम शाह, सचिवमा गोपाल नेपाली, उपसचिवमा भक्तबहादुर बस्नेत र सुनिता बोहरा रहेका छन भने नरेन्द्र कुमार शाही नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोति ओली, सचिवमा नरबाहदुर बस्नेत (एनवि), उपसचिवमा तप्त बहादुर हमाल र हरिकला जैसी चुवानी मैदानमा…
Read More
कार्यकर्ताको माग बमोजिम उम्मेदवारी दिएको छु : बस्नेत

कार्यकर्ताको माग बमोजिम उम्मेदवारी दिएको छु : बस्नेत

जाजरकोट । नेकपा एमाले जाजरकोटको सचिव पदमा युवा नेता नरबहादुर बस्नेत (एनबि) ले उम्मेदवारी दिएका छन । सदरमुकाम खलंगामा जारी ७ औं अधिवेशनमा युवानेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिएका हुन । आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ । अनेरास्ववियुको अध्यक्ष हुँदै सानै उमेरदेखि एमालेको राजनीतिमा होमिएका बस्नेतले माओवादीको सशस्त्र द्धन्दको समयमा पार्टी बचाउन उल्लेखनिय भूमिका निर्वाह गरेका थिए । 'अप्ठ्यारो समयमा पार्टी जोगउन आफ्नो ज्यानको प्रवाह नगरी पार्टीकाममा लागियो, नेता बस्नेत भन्छन, तीनै कामको मूलयांकन गर्दै पार्टीका आम नेता कार्यकर्तामा माग बमोजिम सचिवमा उम्मेदवारी दिएको छु ।' हाल पार्टीको उपसचिवको जिम्मेवारीमा रहेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search