३० बैशाख २०८१ २०:५७
३० बैशाख २०८१ २०:५७
जाजरकाेट । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले गैर आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई सहयोग गरेको हो । भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न…
