११ फाल्गुन २०८० १८:३१
११ फाल्गुन २०८० १८:३१
कालिकोट । कालिकोटको नररहीनाथ गाउँपालिका - १ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक-पटक औपाचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते सोमबार हुने भएको हो । नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी दिए । फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो दिइएको छ । यस अघि…
