Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट

एमाले नेता बस्नेतको पहलमा बारेकोटका ८० बालबालिकालाई न्यानो कपडा वितरण

एमाले नेता बस्नेतको पहलमा बारेकोटका ८० बालबालिकालाई न्यानो कपडा वितरण

बारेकोट । नेकपा एमालेका युवा नेता नरबहादुर बस्नेत (एनवि) को पहलमा बारेकोटका ८० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव समेत रहेका नेता बस्नेतको पहलमा बिगनहर्ता नामक संस्थाले पठाएको न्यानो कपडा जाजरकोट भूकम्पको इपिसेन्टर रहेको बारेकोटका ८० जना बालकालिकालाई वितरण गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका बस्नेत आफै पुगेर बारेकोट गाउँपालिका ४ जिरीको नौमुले प्राथमिक विद्यालयमा अध्ययनरत ८० जना बालबालिकालाई ज्याकेट वितरण गरेका हुन । हालसम्म कतैबाट पनि सहयोग नपाएको जाजरकोट र जुम्लाको सिमानामा रहेको साे विद्यालयमा पुगेर शिक्षक र अभिभावकहरुको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको नेता बस्नेतले जानकारी दिए ।…
Read More
झोलुङ्गे पुलबाट लडेर जाजरकोटमा एक युवकको मृत्यु

झोलुङ्गे पुलबाट लडेर जाजरकोटमा एक युवकको मृत्यु

जाजरकोट । झोलुङ्गे पुलबाट लडेर नलगाडका एक युवकको ज्यान गएको छ । नलगाड नगरपालिका ५ ऐरारीका २८ वर्षिय राज कुमार शाहीको बारेकोट गाउँपालिका ५ लैखम र नलगाड नगरपालिका ५ सिर्केज्यूला जोड्ने नलगाड खोलामा बनेको झोलुङ्गे पुलबाट लडेर मृत्यु भएको हो । दल्लीमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा शाही जिर्ण अवस्थामा रहेको झुलुङ्गे पुलमाथि राखिएको काठ चिप्लिएर खोलामा खसेका थिए । टाउको र शरिरको भित्री भागमा चोट लागेर गम्भिर घाइते भएका उनको दल्लीमा सामान्य उपचारपछि थप उपाचारको लागि नेपालगञ्ज तर्फ पठाईएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
Read More
स्थानीय तहको स्वमुल्याङ्कन : वित्तीय सुशासनमा भेरी र संस्थागत विकासमा नलगाड उत्कृष्ट

स्थानीय तहको स्वमुल्याङ्कन : वित्तीय सुशासनमा भेरी र संस्थागत विकासमा नलगाड उत्कृष्ट

जाजरकोट । स्थानीय तहले गर्ने वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा जिल्लाका ७ वटा स्थानीय तहमध्य भेरी नगरपालिका उत्कृष्ट भएको छ । संस्थागत क्षमता विकास स्वमुल्याङ्कनमा भने नलगाड नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा नलगाड नगरपालिकाले ९५.५ अंक प्राप्त गरेर जिल्लामा प्रथम भएको हो । लिजामा छेडागाड नगरपालिकाले ७७.५ अंक प्राप्त गरेको छ भने, भेरी नगरपालिकाले ६९.७५ अंक प्राप्त गरेको छ । त्यसैगरी जुनीचाँदे गाउँपालिकाले ६२.७५ अंक प्राप्त गरेको छ भने, बारेकोट गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेको छ । शिवालय गाउँपालिकाले ४५.२५ अंक प्राप्त गर्दा कुशे गाउँपालिकाले ४१.५ अंक मात्र प्राप्त गरेको…
Read More
जाजरकोट भुकम्प : अझै तयार भएन आवास निर्माणको खाका

जाजरकोट भुकम्प : अझै तयार भएन आवास निर्माणको खाका

जाजरकोट । १७ कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प १७ माघमा ३ महिना पुग्दैछ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि झण्डै ३ तिहाइ नागरिक त्रिपालको बासमा कष्टकर जीवन बिताइ रहेका छन । भूकम्प प्रभावित क्षेत्र जाजकोट र रुकुमपश्चिममा सरकारको कमजोर उपस्थितिले पीडिन नागरिकले अस्थायी घर पाउने अवस्था थप पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झञ्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास पाउने विषय अन्यौल बन्दै जान थालेको छ । भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय सरकार मात्र कमजोर बनेको छैन, संघीय…
Read More
जाजरकोटमा प्रदर्शन गरियो स्थानीय लोक झाँकी

जाजरकोटमा प्रदर्शन गरियो स्थानीय लोक झाँकी

जाजरकोट । जाजरकोटमा बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको छ । पछिल्लो समय स्थानीय कला संस्कृतिहरु लोप हुँदै गएकाले तिनको संरक्षण गरी लोप हुन नदिन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको हो । लोपोन्मुख हुँदै गएका कला संस्कृतिलाई संरक्षण र आधुनिक कला संस्कृतिलाई व्यवस्थित गर्ने उद्देश्यले बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । जिल्लाभित्र रहेका ऐतिहासिक सोरठी, पैसेरी, सिंगारु, खाडो जस्ता नाँच तथा टप्पा, ठाडीभाका लगायतका गीतहरुको संरक्षण गर्न प्रतिष्ठानको दोश्रो वार्षिकोत्सवमा स्थानीय झाँकीको प्रदर्शनी राखिएको अध्यक्ष केसीको भनाई छ । 'पछिल्लो समय युवापुस्ताले परम्परागत संस्कृति बिर्सदै गएका छन, यसलाई बचाउन आवश्यक छ,…
Read More
अनेरास्ववियुकी कान्छी सदस्य बनिन् जाजरकोटकी संगीता

अनेरास्ववियुकी कान्छी सदस्य बनिन् जाजरकोटकी संगीता

सुर्खेत । जाजरकोटकी संगीता शाह अनेरास्ववियुको कान्छी प्रदेश कमिटी सदस्य बनेकी छन । ७ र ८ माघमा दैलेखमा सम्पन्न अनेरास्ववियुको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट उनी प्रदेश कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित भएकी हुन । १६ वर्षीया संगीता देशकै कान्छी प्रदेश कमिटी सदस्य भएको अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले जानकारी दिए । संगठनका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका धितालले उनको क्षमता र सक्रियताले उमेर सानो भएपनि उक्त जिम्मेवारी दिइएको बताए । उनि यसअघि अनेरास्ववियु भेरी नगर कमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेकी थिइन ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search