१६ माघ २०८० २१:५२
१६ माघ २०८० २१:५२
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली कर्मचारीलाई १० प्रकारका बिदाको सुविधा दिइएको छ । जसमा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विवाह बिदा, पर्यटन बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् । कर्णालीका कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ । हाजिरी र बिदाको व्यवस्थासहित नियमावलीको परिच्छेद–१४ मा भनिएको छ, ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ ।’ तर, विवाह बिदा लिने कर्मचारीले…
