२० असार २०८१ ११:०७
२० असार २०८१ ११:०७
पानी पिउनुस् : बिहान उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । यसले शरीर र दिमाग हाइड्रेट गर्छ र ऊर्जाशील बनाउँछ । व्यायाम : बिहान कम्तीमा एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा शरीर तन्कन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङ वाकमा जानु राम्रो हुन्छ । कोठाभित्रै योग गर्न पनि सकिन्छ । डान्स गर्न पनि सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । ध्यान : बिहान व्यायाम गरिसकेपछि कम्तीमा १० मिनेट ध्यान गर्नुस् । १० मिनेट नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट बच्न सकिन्छ । डायरीमा लेख्नुस् : हामी धेरै प्लान बनाउँछौँ, तर हतारोका कारण भोलिपल्टै बिर्सन्छौँ । बिहान उठेर नित्यकर्म गरिसकेपछि डायरी लेख्ने र योजना…
