Karnali Aawaj

Advertisement
Advertisement

महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

जाजरकोट । धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा महाकाली देखि मेची सम्मको दौड सुरू गरेका छन । चारपटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका उनले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली - मेची एक्लै खाली खुट्टा दौडिएका हुन । उनले यो दौडलाई ‘शोकका लागि दौड' नाम दिएका छन । काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक अमृतले खाली खुट्टा दौडिएर चारपटक गिनिजबुक अफ वल्र्ड रेकर्डमा नेपालको नाम लेखाइसकेका छन । धावक अमृतको यो एकल खाली खुट्टा दौडको उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्नु रहेको उनले बताए । यस दौडको…
Read More
भगवती मावि कुदुका पूर्व विद्यार्थीले निर्माण गरिदिए सरस्वतीको मन्दिर

भगवती मावि कुदुका पूर्व विद्यार्थीले निर्माण गरिदिए सरस्वतीको मन्दिर

जाजरकोट । भेरी नगरपालिका १३ कुदुस्थित भगवती माविका पूर्व विद्यार्थीहरुले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरि हस्तान्तरण गरेका छन । तुलाराम गिरीको संयोजकत्वमा गठन भएको पूर्व विद्यार्थी मन्चले आफुले बाल्यकालमा अक्षरारम्भ गरि शिक्षा हासिल गरेको विद्यालयको प्राङ्गणमा ७ लाख बढिको लागतमा मन्दिर निर्माण गरि सरस्वती पुजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेको हो । ९० जना पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा ७ लाख १४ हजार ४९० रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरि सरस्वती पुजाकै दिन विद्यालयलाई हस्तान्तरण गरिएको पूर्व विद्यार्थी एवम् मन्चका संयोजक गिरीले बताए । गिरीका अनुसार राजनीतिक दलका प्रतिनिधिसहित भेरी नगरपालिकाकी कार्यपालिका सदस्य कालिका खत्रीको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बटाला…
Read More
बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने बैंकका कर्मचारीविरुद्ध प्रहरीमा मुद्दा

बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने बैंकका कर्मचारीविरुद्ध प्रहरीमा मुद्दा

रुकुम पश्चिम । आठविसकोट नगरपालिका–९ राडीमा रहेको प्रभु बैंकमा बचतकर्ताको रकम खातामा जम्मा नगरी हिनामिना गरेको भन्दै उक्त बैंकका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमामुद्दा दर्ता भएको छ । बैंकका अप्रेशन ईन्चार्ज निरज विक्रम शाह विरुद्ध कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोप सहित मुद्दा दर्ता गरिएको हो । प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले शाहविरुद्ध बैंकिङ कसुरमा बुधबार मुद्दा दर्ता गराएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए । पदको दुरुपयोग गरेर शाहले बैंकबाटै बचतकर्ताको रकम हिनामिना गरेको भनेर सेवाग्रहीले गुनासो गरेपछि बैंकले छानविन सुरु गरेको र गलत विवरण…
Read More
बुलबुले तालमा डुंगा चलाउने तयारी

बुलबुले तालमा डुंगा चलाउने तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले तालमा डुंगा चलाउने तयारी गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले ठेक्कामा बुलबुले तालमा डुंगा चलाउने सूचना आह्वान गरेपछि छनोट भएको कम्पनीले डुंगा सुर्खेत ल्याउने तयारी गरेको हो । समितिले सूचना जारी गरेपछि पाँच कम्पनीले डुंगा चलाउनका लागि टेण्डर हालेका थिए । तर नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा।लि। प्रा.लि. चितवनले सबैभन्दा बढी एक लाख ३५ हजार मासिक भाडा बुझाउने कबोल गरेपछि छनोट भएको हो । समितिले डुंगा चलाउने कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । यद्यपी नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि. छनोट भएपछि १३ सिट क्षमताको स्ट्रिम बोट तयार गरेर…
Read More
सेनाले सुर्खेतमा दौड प्रतियोगिता गर्ने

सेनाले सुर्खेतमा दौड प्रतियोगिता गर्ने

सुर्खेत । नेपाली सेनाले वीरेन्द्रनगरमा एकताको लागि दौडको नाम दिएर दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सेनाले दौड प्रतियोगिता गर्न लागेको जनाएको छ । राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको ‘रन फर युनिटी’ कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ । १२ फागुनमा शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ । पाँच किलोमिटर दूरिको वाकाथन’ दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतको सहभागिता आह्वान गरिएको…
Read More
एमाले दैलेखको अध्यक्षमा शाही

एमाले दैलेखको अध्यक्षमा शाही

दैलेख । नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही निर्वाचित भएका छन । एमालेको आठौँ जिल्ला अधिवेशनले शाहीको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालय जङ्ग शाह तथा उपसचिवमा मीन बहादुर बुढा क्षेत्री र तारा सोनीलाई निर्वाचित गरेको पार्टी प्रदेश कमिटी उपसचिव रबिन्द्रराज शर्माले जानकारी दिए । जिल्ला अध्यक्षका लागि चारजना आकांक्षी रहेको भएपनि अन्तत शाही अध्यक्षमा सर्वसम्मत भए । अध्यक्षका आकांक्षी तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित शाही अघिल्लोपटक रवीन्द्रराज शर्मासँग पराजित भएका थिए । जिल्ला…
Read More
एमाले कर्णाली – काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा रावत

एमाले कर्णाली – काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा रावत

काठमाडौं । नयाँ नेतृत्वको लागि भएको नेकपा (एमाले) कर्णाली काठमाडौं सम्पर्क कमिटिको अधिवेशनले अध्यक्षमा मुगुका भक्त रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी कार्यालय च्यासलमा भएको बन्दशत्रले रावतको नेतृत्वमा कमिटिलाई निर्विरोध निर्वाचित गरेको छ । दोस्रो अधिवेशनबाट कमिटिको उपाध्यक्षमा जाजरकोटकी पुजा वस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष रावतले जानकारी दिए । गएको शनिबार काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेको अधिवेशनमा तीन दिन लगाएर सर्वसम्मत गरिएको अध्यक्ष रावतले बताए । अधिवेशनमा उद्घाटन शत्रमा उप–महासचिव ज्ञावली, पार्टी स्थायी कमिटि सदस्य…
Read More
रोजगारीको लागि भारत गएका बाबू छोराको करेन्ट लागेर मृत्यु

रोजगारीको लागि भारत गएका बाबू छोराको करेन्ट लागेर मृत्यु

जाजरकोट । रोजगारीको लागि भारत गएका जाजरकोटका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका ६ भेरेका ५९ वर्षीय गोरख थापा र उनका ३१ वर्षीय छोरा सुनिल थापाको करेन्ट लागेर मृत्यु भएको स्थानीय नरेश घर्तीले जानकारी दिए । उनीहरु कमाइ गर्न तिहारपछि भारत गएका थिए । भारतको हिमाचल प्रदेशको कोटखाइ भन्ने ठाँउमा सोमबार राती करेन्ट लागेर उनीहरुको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
Read More
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी पुनः छेडागाडलाई

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी पुनः छेडागाडलाई

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि उचालेको हो । छेडागाड नगरपालिका वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरि जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो । प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य सहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । बारेकोट गाउँपालिकाले…
Read More
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्कीगाउँमा हुने

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्कीगाउँमा हुने

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (२६ माघ) देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत (एनवि) ले जानकारी दिए । आज विहान पत्रकारहरु संगको भेटघाटमा अध्यक्ष बस्नेतले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको बताए । 'प्रतियोगिताको उद्घाटन भोलि विहान १० बजे नै हुन्छ, अधयक्ष बस्नेतले भने, त्यसका लागि सबै तयारी पुरा भएको छ ।' जिल्लाका ७ वटै स्थानीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search