Karnali Aawaj

Advertisement
Advertisement

प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

काठमाडौं । प्रगतिशील लेखकहरूको साझा संस्था प्रगतिशील लेखक सघं, नेपालको १३ औं राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ। नयाँ नेतृत्वमा डा. देवी क्षेत्री दुलाल अध्यक्ष, समीर सिंह र डा. अमृता शर्मा उपाध्यक्ष, पारस ढकाल महासचिव, बोधकुमार घिमिरे उपमहासचिव, डा. हरि तिमल्सिना र कुशल बोगटी सचिव, र डा. कृष्ण सुवेदी कोषाध्यक्ष चयन भएका छन । कार्यसमितिका सदस्यहरूमा जाजरकोटका प्रकाश किरण सहित कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, गंगा रिजाल, डा. प्रतिभा पुन, मायामितु न्यौपाने,…
Read More
भेरी नगरपालिकाले स्थापना गर्यो ‘वास मार्ट’

भेरी नगरपालिकाले स्थापना गर्यो ‘वास मार्ट’

खलंगा । जाजरकोट सदरमुकाम खलंगामा वास मार्ट स्थापना भएको छ । नागरीकहरुलाई खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका सबै सामग्रीहरु एकै ठाउँबाट शुलभ रुपमा सहज उपलब्ध होस भन्ने उद्देश्यले भेरी नगरपालिकाले खलंगा स्थित ज्योती हार्डवयर संगको साझेदारीमा जिल्लामै पहिलो पटक वास मार्ट स्थापना गरेको हो । दीगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को सहयोगमा आफ्नो वास इकाई मार्फत नगरपालिकाले वास मार्ट स्थापना गरेको वास संयोजक रविन्द्र विक्रम शाहीले जानकारी दिए । इकाईको चालु आर्थिक वर्षको नियमित कार्यक्रम अन्तरगत वास मार्ट स्थापना गरिएको संयोजक शाहीको भनाई छ । वास मार्टको उद्घाटन गर्दै भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले आफुहरुले स्थापना गरेको वास…
Read More
आठबीसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’

आठबीसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर  ‘i love u parmilaa, i really love you’ लेखिएको छ । नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । ‘बोर्डमा त्यस्तो देखिएको हो । ह्याक भएर त्यसो भएको होला’, उनले भने । कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएको बारे जानकारी पाएको बताए । नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको उनले…
Read More
जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

जाजरकोट । गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनःनिर्माण अनुदान उपलब्ध गराउन सुरू गरिएको छ । क्षति आँकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृहमन्त्रालयले जनाएको छ । विस्तृत क्षति आँकलनको कार्यसम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका-२ बाट अनुदान वितरण सुरु गरिएको हो । चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको गृहमन्त्रालयको विपद् प्रधिकरणका प्रवक्ता डा‍ डिजन भट्टराईले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनःनिर्माण लाभग्राही कायम…
Read More
कर्णालीका १३ पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ लागु हुने

कर्णालीका १३ पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ लागु हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको हो । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि–२०८१ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै कार्यक्रम कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष प्रदेशका १३ वटा पालिकामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिए । प्रदेशका १३ वटा पालिकामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ । गत वर्ष सरकारले नमुना विद्यालय कार्यक्रमको अवधारणा अघि…
Read More
स्थानीय सेवा ऐनमा देखिएको समस्या समाधान गर्छौं : मुख्यमन्त्री कँडेल

स्थानीय सेवा ऐनमा देखिएको समस्या समाधान गर्छौं : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय सेवा ऐन, २०८१ मा देखिएका विवाद सुल्झाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  गत असोज २९ गते जारी गरेको स्थानीय ऐनले कर्मचारीहरुको वृृत्ति विकासमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश कार्य समितिले आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला मुख्यमन्त्री कँडेलले समस्या समाधानका लागि आवश्यक छलफल भइरहेको बताएका हुन । ट्रड युनियनले संशोधन गर्नुपर्ने १४ बुदे दफा र उपदफाहरु मुख्यमन्त्री, सत्ता साझेदार दलका प्रमुख, कानून मन्त्रालयका सचिव समक्ष पेश गरिसकेको छ । सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारीलाई आन्दोलनमा होमिन सुर्खेत आउन सञ्जालले अपिल…
Read More
दैलेखमा चार हजार ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत

दैलेखमा चार हजार ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत

दैलेख । दैलेखको भैरवी गाउँपालिका १ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म र ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत देखा परेको छ । पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल डा। गणेशनाथ त्रिपाठीले चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रुपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुने बताए । ुआज बिहानसम्म ४ हजार ९…
Read More
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

सुर्खेत । उच्च अदालतले रिट खारेज गर्दापनि कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन । बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको छ । टावरमुनिको पनि मूल्यांकन भइरहेको छ । अबको केही दिनमा यो पनि सक्ने तयारी छ । तर बानियाभारको काम अझै सुरु हुन सकेको छैन । उचित मुआब्जा पाउनुपर्ने अडान राख्दै आएका स्थानीयबासीहरूले आयोजनाको काम अघि बढाउन दिएका छैनन् । आयोजना प्रमुख रविकुमार चौधरीका…
Read More
खलंगामा लाग्ने रमाईलो मेलाको व्यवस्थापन डाँफे युवा क्लवले गर्ने

खलंगामा लाग्ने रमाईलो मेलाको व्यवस्थापन डाँफे युवा क्लवले गर्ने

जाजरकोट । जाजरकोटमा परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेलाको व्यवस्थापन डाँफे युवा क्लवले गर्ने भएको छ । सदरमुकाम खलंगा स्थित थाप्लेचौरमा परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेलालाई यस वर्ष डाँफे युवा क्लवले व्यवस्थापन गर्ने निर्णय भएको हो । यस वर्ष पुष १२ देखि १६ गते सम्म मेला लाग्ने क्लवका अध्यक्ष विश्व विक्रम शाहले बताए । थाप्लेचौरको बसपार्कमा लाग्ने मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पुरुष भलिबल प्रतियोगिता र कृषि उपज प्रदर्शनीको समेत आयोजना गरिएको छ । मेलाको आकर्षणको रुपमा प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सहति स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष शाहको भनाई छ । त्यस्तै विशेष पुरस्कार राशीसहितको जाजरकोट जिल्ला भित्रको…
Read More
जाजरकोटको नुवागाउँमा जीप दुर्घटना, २ जनाको मृत्यु

जाजरकोटको नुवागाउँमा जीप दुर्घटना, २ जनाको मृत्यु

जाजरकोट । मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन । कार्कीगाउँ देखि जगतिपुर आउने क्रममा मध्यपहाडी सडक निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो । जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा नै मृत्यु भएको र १ जना घाइते भएको स्थानीय ओमप्रकाश केसीले बताए । उनका अनुसार मृत्यु हुनेमा गाडी चालक र गाडीको मिस्त्री रहेका भनिएपनि पहिचान हुन बाँकी छ । घाइतेलाई स्थानीयहरुले उद्धार गरी उपचारका लागि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search