Karnali Aawaj

Advertisement
Advertisement

दिनको सुरुवात कसरी गर्ने ?

दिनको सुरुवात कसरी गर्ने ?

दिनको सुरुवात कसरी गर्ने ?

पानी पिउनुस् : बिहान उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । यसले शरीर र दिमाग हाइड्रेट गर्छ र ऊर्जाशील बनाउँछ । व्यायाम : बिहान कम्तीमा एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा शरीर तन्कन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङ वाकमा जानु राम्रो हुन्छ । कोठाभित्रै योग गर्न पनि सकिन्छ । डान्स गर्न पनि सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । ध्यान : बिहान व्यायाम गरिसकेपछि कम्तीमा १० मिनेट ध्यान गर्नुस् । १० मिनेट नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट बच्न सकिन्छ । डायरीमा लेख्नुस् : हामी धेरै प्लान बनाउँछौँ, तर हतारोका कारण भोलिपल्टै बिर्सन्छौँ । बिहान उठेर नित्यकर्म गरिसकेपछि डायरी लेख्ने र योजना…
Read More
लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि योग

लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि योग

जाजरकोट । जाजरकोटमा तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । भेरी नगरपालिकाले संचालन गरेको योग ध्यानका कार्यक्रम मार्फत लागु औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत उक्त कार्यशाला सम्पन्न भएको हो । जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्यको सहजीकरणमा सम्पन्न २ दिने कार्यशालामा भेरी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नगरपालिकाका कर्मचारी सहित एक सय ५० बढीको सहभागिता रहेको भेरी नगरपालिका विपद ब्यवस्थापन शाखाका प्रमुख यज्ञनाथ गौतमले जानकारी दिए । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम मार्फत लागु औषध नियन्त्रण तथा रोकथाम अभियान संचालन गरिरहेको छ । भेरी…
Read More
मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा…
Read More
गजल – पुष्कर ‘पराग’ चन्द

गजल – पुष्कर ‘पराग’ चन्द

जब खुसी काफिया भएर बस्यो, दुःख झन रदिफमा बस्यो । त्यस पछि यहाँ मृत्यु आएर, बारम्बार मेरो समिपमा बस्यो । माथी उचाइ सम्म पुगे पनि, आफ्नो धरातल बिर्सनु हुदैन, ुचन्द्रमा खोज्दै हिडेको जुनकीरी आज लालटिनमा बस्यो । न च्यात्न मिल्छ, न त केरकार गर्न मिल्छ, दोधारमा परियो, एउटा मान्छे यो दिलमा बस्यो, अर्को हराम नसिबमा बस्यो । मुटुमा सिङ्गो कर्णाली राखेर खोजी रहे, तिम्रो धरहरा बाट, अक्सर राजधानी सम्म नजर पुग्यो, आँखा दुरबिनमा बस्यो । - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, जाजरकोट
Read More
प्रदेश स्तरिय महिला भलिबलको छनौट खेलमा जाजरकोट प्रथम

प्रदेश स्तरिय महिला भलिबलको छनौट खेलमा जाजरकोट प्रथम

सुर्खेत । दैलेखमा सम्पन्न कर्णाली प्रदेश स्तरिय महिला भलिबल प्रतियोगिताको छनौट खेलमा जाजरकोट प्रथम भएको छ । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताको लागि भएको प्रदेश स्तरिय छनौट खेलमा दैलेखलाई हराउदै जाजरकोटले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा दैलेखले दोस्रो स्थान प्राप्त गरेको छ भने सल्यानले तृतीय स्थान हासिल गरेको छ ।
Read More
भूकम्प प्रभावित बालबालिकामा जन्डिसको समस्या

भूकम्प प्रभावित बालबालिकामा जन्डिसको समस्या

सल्यान । अत्यधिक गर्मी र दूषित पानीले भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा दुई सातादेखि जन्डिस फैलिएको छ । प्रभावित बालबालिकामा ज्वरो आउने, बान्ता गर्ने, खाना नखाने समस्या देखिरहेको स्थानीय बताउँछन् । जन्डिसका कारण पछिल्लो समयमा बालबालिका मात्र नभई बयस्क, बूढापाका, महिला सबै प्रभावित भइरहेका छन् । अहिले एकै घरमा दुईरतीन जनासम्म जन्डिसका बिरामी देखिएका छन् । दार्माका सबैजसो बस्तीमा विद्यालय उमेरका बालबालिका जन्डिसबाट बढी प्रभावित भएका छन् । जन्डिसका बिरामी बढ्न थालेपछि पालिकाको ६ वडाका ८ स्वास्थ्य संस्थामा बिरामीको घुइँचो लाग्न थालेको छ । ती स्वास्थ्य संस्थामा जन्डिस परीक्षणको सुविधा नहुँदा बिरामीले जिल्ला अस्पताल सल्यान तथा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल धाउनुपरेको छ । पालिकाले बारम्बार…
Read More
युवा संघ जाजरकोटले गर्याे रामोदय मावि परिषरमा बृक्षारोपन

युवा संघ जाजरकोटले गर्याे रामोदय मावि परिषरमा बृक्षारोपन

जाजरकोट । राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले बृक्षारोपन गरेको छ । संगठनकी स्थायी कमिटी सदस्य पन्चमी रेग्मीको विशेष उपस्थितिमा जिल्ला अध्यक्ष सरोज जंग शाहीको नेतृत्वमा जिल्लाको छेडागाड नगरपालिक स्थित रामोदय माविको परिषरमा बृक्षारोपन गरिएको हो । संगठनको एक युवा पाँच विरुवा अभियान अन्तरगत लिप्टिस, बगाइनो, कटर लगायतका ३ सय बढि बिरुवा रोपिएको र २ सय विरुवा स्थानीय कृषकलाई हस्तान्तरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए । बृक्षारोपन संगै विद्यार्थीहरु संग बृक्षारोपन र यसको महत्वको बारेका छलफल समेत गरिएको अध्यक्ष शाहीको भनाई छ । बृक्षारोपनका लागि आवश्यक विरुवा डिभिजन वन कार्यालय जाजरकोटले उपलब्ध गराएको थियो ।
Read More
जाजरकोटको सिडिओको जिम्मेवारी अधिकारीलाई

जाजरकोटको सिडिओको जिम्मेवारी अधिकारीलाई

जाजरकोट । जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा उपसचिव उमाकान्त अधिकारीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले आइतबार जाजरकोटको सिडिओको जिम्मेवारीमा अधिकारीलाई पठाउने निर्णय गरेको हो । यसअघि जाजरकोटको सिडिओको जिम्मेवारीमा रहेका सहसचिव ऋषिराज आचार्य स्वास्थ मन्त्रालयमा सरुवा भएपछि नयाँ सिडियो पठाइएको हो । अधिकारी लमजुङको प्रजिअ हुँदा ६० केजी सुन प्रकरणमा जोडिएपछि गृह मन्त्रालयमा तानिएका थिए । उक्त प्रकरणको छानबिनबाट निर्दोष देखिएपछि उनलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालय श्रोतले जनाएको छ । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङको प्रमुख जिल्ला अधिकारी थिए ।
Read More
बाढीले बगाउँदा कुशेमा १ जनाको मृत्यु, ६ घाइते

बाढीले बगाउँदा कुशेमा १ जनाको मृत्यु, ६ घाइते

जाजरकोट । कुशे गाउँपालिका– १ तारेचौरमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । गाउँ नजिकैको खोलामा माछा मार्न गएका स्थानीय इन्द्र बहादुर रोकायको भारी वर्षापछि आएको बाढीले बगाउँदा मृत्यु भएको हो । रोकाय कुशे ४ स्थित मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन । रोकाय सहित ७ जना शनिबार माछा मार्न भनेर खोलामा गएका थिए । माथिल्लो क्षेत्रमा अत्याधिक वर्षापछि आएको बाढीले करिब राती ११ बजेतिर उनिहरुलाई बगाएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले जानकारी दिइन । बाढीले बगाएका ७ जना मध्य अन्य ६ जना जिवितै पाखा लागेको र रोकायको मृत्यु भएको सिंहले बताइन । उनका…
Read More
भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार ८ राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा.विजन पन्त सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search