Karnali Aawaj

Advertisement
Advertisement

भेरी नदीको किनारमा बेवारिसे शव फेला

भेरी नदीको किनारमा बेवारिसे शव फेला

भेरी नदीको किनारमा बेवारिसे शव फेला

रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारीमा स्थित भेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार नदिको खोंचमा अड्किएको अवस्थामा शव फेला परेको हो । अन्दाजी वर्ष ४० को देखिने, उचाइ ५ फिट ६ इन्च भएको, मोटो शरीर भएको व्यक्तिको शव फेला परेको डीएसपी भट्टराई जानकारी दिए । उक्त शवको औंलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरीरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरीरको भागमा नीलो रङको फुल ट्रयाक…
Read More
अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे समन्वय बैठक सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे समन्वय बैठक सम्पन्न

जाजरकोट । अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे भेरी नगरस्तरिय बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएयको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारीमा भेरी नगरपालिकामा संचालित अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) कार्यक्रम अन्तरर्गत भेरी नगरपलिकामा अपाङ्गताभएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विपना पौडेलले शाखाद्धारा आर्थिक वर्ष २०७९÷८० मा भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरेको पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक गगन खड्काले जानकारी दिए । संयोजक खड्काका अनुसार  पाँचतारा युवा…
Read More
जाजरकोटका उच्च क्षेत्रमा हिमपात : हिउँदेबालिलाई राहत, भूकम्प पीडितलाई सास्ती

जाजरकोटका उच्च क्षेत्रमा हिमपात : हिउँदेबालिलाई राहत, भूकम्प पीडितलाई सास्ती

जाजरकोट । जाजरकोटका उच्च भू-भागमा विहिबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलंगा सहित जिल्लाभर पानी परिरहेको छ भने जिल्लाको बारेकोट, कुशे, जुनिचाँदेका उच्च भू-भागहरुमा करिब आधा फिट हिउँ जमेको छ । हिमपात भएपछि हिउँदे बाली लगायर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन । ढिलागरी भएपनि हिमपात भएपछि किसानहरूलाइ राहत भएको बारेकोट गाउँपालिमा-४ का स्थानीय बासिन्दा लोकेन्द्र सिंहले बताए । यो वर्षकै हिउँदेयामको पहिलो हिमपात हो । विभिन्न क्षेत्रमा अहिले हिमपात जारी छ । माघ महिना सकिन लाग्दा पनि हिउँ नपरेपछि खडेरी…
Read More
भेरी नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप प्रतियोगिता सुरू

भेरी नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप प्रतियोगिता सुरू

जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । भेरी नगरपालिका–१ रिम्नास्थित भेरी त्रिवेणी माविको खेलमैदानमा बुधबारदेखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले विद्यालय स्तरका खेलकुद प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत खेलकुद अपरिहार्य भएको भन्दै उपप्रमुख सिंहले नगरपालिका भित्रका सबै माविहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका मेयर सिपी घर्तीले अनुशासित भएर आफ्नो खेल प्रतिभा…
Read More
बारेकोटका वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्दो

बारेकोटका वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्दो

जाजरकोट । बारेकोटकाे वन क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी शिकारी बढेको छ । सरोकारवाला निकायले ध्यान नदिँदा वन्यजन्तुको दैनिक चोरी शिकारी बढेकाे हाे । पालिकाको विभिन्न वन क्षेत्रमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिज लगायत जङ्गली जनावर तथा पंक्षीको दिन प्रतिदिन चोरी शिकारी भइरहेकाे स्थानीयले बताएका छन । दिनमै बन्दुक पड्काएर वन्यजन्तुकाे शिकार गर्दापनि सरोकारवाला निकायहरूले नियन्त्रणतर्फ ध्यान नदिएको स्हथानीयरुको आरोप छ । प्रहरी कार्यालय नजिकै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान नदिएको स्थानीयकाे भनाइ छ । बारेकोटको जिरीमैना, धुमा, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम लगायतका लेकाली जंगल तथा पाटन क्षेत्रमा दैनिक चोरी…
Read More
कर्णालीका कर्मचारीले १० प्रकारका बिदा पाउने

कर्णालीका कर्मचारीले १० प्रकारका बिदा पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली कर्मचारीलाई १० प्रकारका बिदाको सुविधा दिइएको छ । जसमा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विवाह बिदा, पर्यटन बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् । कर्णालीका कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ । हाजिरी र बिदाको व्यवस्थासहित नियमावलीको परिच्छेद–१४ मा भनिएको छ, ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ ।’ तर, विवाह बिदा लिने कर्मचारीले…
Read More
जाजरकोटको एउटै वडाका २० जना पुरुष जेलमा

जाजरकोटको एउटै वडाका २० जना पुरुष जेलमा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ९ का २० जना पुरुष जेलमा छन । अफिम खेती तथा ओसारपसार सम्बन्धी कसुरमा नलगाड ९ घोरेङ्गा, बाँसकोट र ताँत्रा गाउँका गरि २० पुरुष जेल परेका हुन । आर्थिक प्रलोभनमा एक अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा जेल उनिहरुलाई ३ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय तोकिएको छ । जसमा १२ जना भारतीय कारागार र पाँचजना जाजरकोट कारागारमा छन् । यस्तै, सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक/एकजना रहेका छन् । मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको विचल्ली भएको छ । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपांगता भएका…
Read More
एमाले नेता बस्नेतको पहलमा बारेकोटका ८० बालबालिकालाई न्यानो कपडा वितरण

एमाले नेता बस्नेतको पहलमा बारेकोटका ८० बालबालिकालाई न्यानो कपडा वितरण

बारेकोट । नेकपा एमालेका युवा नेता नरबहादुर बस्नेत (एनवि) को पहलमा बारेकोटका ८० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव समेत रहेका नेता बस्नेतको पहलमा बिगनहर्ता नामक संस्थाले पठाएको न्यानो कपडा जाजरकोट भूकम्पको इपिसेन्टर रहेको बारेकोटका ८० जना बालकालिकालाई वितरण गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका बस्नेत आफै पुगेर बारेकोट गाउँपालिका ४ जिरीको नौमुले प्राथमिक विद्यालयमा अध्ययनरत ८० जना बालबालिकालाई ज्याकेट वितरण गरेका हुन । हालसम्म कतैबाट पनि सहयोग नपाएको जाजरकोट र जुम्लाको सिमानामा रहेको साे विद्यालयमा पुगेर शिक्षक र अभिभावकहरुको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको नेता बस्नेतले जानकारी दिए ।…
Read More
प्रेस चौतारी नेपाल डोल्पाको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

प्रेस चौतारी नेपाल डोल्पाको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

डोल्पा । प्रेस चौतारी नेपाल, डोल्पाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम दुनै बजारमा सम्पन्न अधिवेशनले प्रेम थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मेनुका बुढा, सचिवमा गायत्री शाही, उपसचिवमा दावा ग्याल्बो बैजी र कोषाध्यमा पुर्ण बोहोरा रहेका छन । यस्तै अधिवेशनले संगठनको प्रदेश प्रतिनिधिमा जुनु हिराचन, केन्द्रीय प्रतिनिधिमा रुपलाल बोहोरा, मन कुमारी हिराचनलाई छनौट गरेको छ । अधिवेशनको उद्घाटनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा डोल्पा इन्जार्ज पदमी बोहोरा (बुढा), पार्टी प्रदेश कमिटी सदस्यहरु बिष्णु बहादुर रोकाया,चन्द्रा कुमारी बुढा, जिल्ला पार्टी सचिव लंक बहादुर रोकाया, प्रेस चौतारी नेपाल पूर्व केन्द्रीय…
Read More
झोलुङ्गे पुलबाट लडेर जाजरकोटमा एक युवकको मृत्यु

झोलुङ्गे पुलबाट लडेर जाजरकोटमा एक युवकको मृत्यु

जाजरकोट । झोलुङ्गे पुलबाट लडेर नलगाडका एक युवकको ज्यान गएको छ । नलगाड नगरपालिका ५ ऐरारीका २८ वर्षिय राज कुमार शाहीको बारेकोट गाउँपालिका ५ लैखम र नलगाड नगरपालिका ५ सिर्केज्यूला जोड्ने नलगाड खोलामा बनेको झोलुङ्गे पुलबाट लडेर मृत्यु भएको हो । दल्लीमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा शाही जिर्ण अवस्थामा रहेको झुलुङ्गे पुलमाथि राखिएको काठ चिप्लिएर खोलामा खसेका थिए । टाउको र शरिरको भित्री भागमा चोट लागेर गम्भिर घाइते भएका उनको दल्लीमा सामान्य उपचारपछि थप उपाचारको लागि नेपालगञ्ज तर्फ पठाईएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search