२५ कार्तिक २०८१ १२:२२
२५ कार्तिक २०८१ १२:२२
सुर्खेत । शुक्रवार दिउँसो सुर्खेत–दैलेखको सिमाना नजिक वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा कर्णाली प्रदेश ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ३० जना घाइते अवस्थामा छन् । १८ सिट क्षमताको उक्त गाडीमा ३४ जना सवार रहेको पाइएपछि प्रहरीको व्यापक आलोचना भयो । जबकि दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको उक्त सडकमा ठाउँ–ठाउँमा चेकिङ पोस्टहरू छन् । बुधबारमात्रै सुर्खेत–दैलेख सडक अन्तर्गत वीरेन्द्रनगरको कपासेमा कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी दुर्घटना भयो । दुर्घटनामा पिकनिक खान गएका २८ जना घाइते भए । यी केही उदाहरण मात्र हुन्, दसैँ–तिहारको अवधि अर्थात् असोज १७ देखी कार्तिक २३ गतेसम्म कर्णालीमा १०५ वटा…
