२२ माघ २०८० ०१:१०
२२ माघ २०८० ०१:१०
जाजरकोट । भेरी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा मेरकपको उपाधी हात पारेको छ । भेरी नगरपालिका १ स्थित भेरी त्रिवेणी माविको खेलमैदानमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेरकपको उपाधी लगातार दोस्रोपटक शिवशंकर माध्यमिक विद्यालय जगतिपुरले जितेको हो । माघ १७ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप प्रतियोगितामा शिवशंकर माविले १५ स्वर्ण, ३ रजत, ३ कास्य गरी जम्मा २१ पदक सहित प्रथम भएको हो । प्रतियोगितामा भेरी त्रिवेणी मावि रिम्नाले ४ स्वर्ण, ७ रजत, ४ कास्य गरी १५ पदक सहित दोश्रो स्थान हात पारेको छ भने, त्रिभुवन मावि खलंगाले ४ स्वर्ण , ४ रजत ,…
