२० असार २०८१ ११:१७
२० असार २०८१ ११:१७
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। खाना खाएको कति समयपछि पानी पिउने ? हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले…
